close

सडकमा जथाभावी विस्कुन नसुकाउन झापाको अनुरोध

सडकमा जथाभावी विस्कुन नसुकाउन झापाको अनुरोध

Trulli
ADVERTISEMENT

झापा । झापा गाउँपालिकाले सडकमा जथाभावी विस्कुन नसुकाउन अनुरोध गरेको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै सडक क्षेत्रमा जथाभावी विस्कुन नसुकाउन अनुरोध गरेको हो । 

गाउँपालिकाको अनुसार पालिका क्षेत्रभित्रका विभिन्न सडक तथा भित्री सडकमा मकै तथा कृषिजन्य सामग्री सुकाएकाले यातायात सञ्चालनमा समस्या भएको गुनासो आएको छ । सोही गुनासोको आधारमा गाउँपालिकाले जथाभावी विस्कुन नसुकाउन अनुरोध गरेको हो । 

सो कार्य नगर्न र नगराउन अनुरोध गरिएको छ । यदि विस्कुनको कारण कुनै घटना भएमा सम्बन्धित व्यक्तिले नै जिम्मेवारी लिनु पर्ने गाउँपालिकाले जनाएको छ ।