close

सवारी आगमनलाई सहज गर्न सडक हेरालु नियुक्त गर्दै खनियाबास

सवारी आगमनलाई सहज गर्न सडक हेरालु नियुक्त गर्दै खनियाबास

Trulli
ADVERTISEMENT

धादिङ । खनियाबास गाउँपालिकाले सडक हेरालु नियुक्ती गर्ने भएको छ । गाउँपालिकाले पालिकाभित्रका सडकको निगरानी गर्नको लागि हेरालु नियुक्ती गर्न लागेको हो । 

गाउँपालिकाको अनुसार बर्खायाममा अत्याधिक वर्षाका कारण पालिकाभित्रका अधिकांश सडकमा पुग्ने क्षतिलाई रोकथाम तथा नियन्त्रण गरी नियमित सवारी आगमनलाई सहज बनाउनका लागि सडक हेरालु नियुक्त गर्न लागेको हो । 

गाउापालिकाले प्रत्येक वडाका लागि २ जना सडक हेरालु नियुक्त गर्न लागेको जनाइएको छ । इच्छुक व्यक्तिले सूचना प्रकासित भएको ७ दिनभित्र आवेदन दिन सक्ने जनाइएको छ ।