close

निर्माण व्यवसायी संघको साधारण सभा सम्पन्न

निर्माण व्यवसायी संघको साधारण सभा सम्पन्न

Trulli
ADVERTISEMENT

 धनकुटा ।निर्माण व्यवसायी संघ धनकुटाको १७ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ । नेपाल निर्माण व्यवसायी महासंघका कोशी प्रदेश अध्यक्ष जनसेवक भण्डारीको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो । 


कार्यक्रमको उद्घाटन गर्दै  भण्डारीले निर्माण व्यवसायीलाई राज्यले संरक्षण गर्न नसकेको बताउनु भयो । निर्माण व्यवसायी विना विकास सम्भव नभएकाले व्यवसायीका समस्या सम्बोधन गर्न अध्यक्ष भण्डारीले सरकार समक्ष आग्रह गरे ।
 
साधारण सभाले कार्यबाहक अध्यक्ष प्रकाश थुलुङलाई अध्यक्षमा सर्वसम्बत चयन गरेको छ । संघका अध्यक्ष अर्जुन केसी उपचारको क्रममा काठमाण्डौ बस्नुपर्ने भएका कारण राजीनामा दिएपछि थुलुङ कार्यबाहक अध्यक्ष रहेका थिए ।

साधारण सभाले आर्थिक तथा सांगठनिक प्रतिवेदन पास गरेको संघका महासचिव मनोज राईले जानकारी दिए । साधारण सभामा नयाँ सदस्यता लिएका व्यवसायीलाई स्वागत तथा संघलाई सहयोग गर्नेलाई सम्मान गरिएको थियो ।