close

पालिका लोगो बनाउँदै खनियाबास

पालिका लोगो बनाउँदै खनियाबास

Trulli
ADVERTISEMENT

धादिङ । खनियाबास गाउँपालिकाले पालिका चिन्ह (लोगो) निर्माण गर्ने भएको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै पालिकाको लोगो निर्माण गर्ने जनाएको हो । 

गाउँपालिकाको अनुसार स्थानीय तहले आफ्नो पहिचान झल्कने लोगो बनाउन सक्ने प्रावधान रहेकोले प्रयोगमा ल्याउने उद्देश्यले लोगो निर्माण गर्न लागेको हो । 

गाउँपालिकाले पालिकाको ऐतिहासिक, धार्मिक, साँस्कृतिकलगायत झल्कने गरी लोगो निर्माण गर्ने जनाएको छ । गाउँपालिकाको लोगो निर्माण गरी सूचना प्रकासित भएको ३५ दिनभित्र पालिकामा पेश गर्न सक्ने गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नवराज श्रेष्ठले बताए । 

उनका अनुसार लोगो निर्माण गरी पालिकामा पेश गर्न सक्नेछन् । निर्माण भएको मध्ये छनौट भएको उत्कृष्ट लोगोलाई ५० हजार नगद पुरस्कारसहित प्रयोगमा ल्याइने उनले बताए ।