close

सडक क्षेत्राधिकारको संरचना हटाउन फुङलिङको निर्देशन

सडक क्षेत्राधिकारको संरचना हटाउन फुङलिङको निर्देशन

Trulli
ADVERTISEMENT

 ताप्लेजुङ । फुङलिङ नगरपालिकाले सडक वरिपरीको संरचना हटाउन निर्देशन गरेको छ । नगरपालिकाले एक सूचना जारी गर्दै सडक क्षेत्राधिकारमा पर्ने संरचना आफैं हटाउन अन्तिम सात दिन निर्देशन दिएको हो ।

नगरपालिकाले सडक क्षेत्रको संरचना हटाउनका लागि पटकपटक सूचना दिए पनि अटेर गरेकाले ७ दिने निर्देशन दिएको हो । सूचना प्रकासित भएको ७ दिनभित्र सडक वरपरको संरचना नहटाएमा सडक एने अन्तर्गत उल्लेख हुने जनाइएको  । 

नगरपालिकाले सडक बीचदेखि दायाँ र वायाँ दुबै क्षेत्रमा साढे ७ मिटर खाली गर्न निर्देशन गरेको हो । नगरपालिकाले यस अघि पनि सडक क्षेत्रमा निर्माण गरी बनाएका संरचना हटाउन निर्देशन दिएको थियो ।