नवलपरासी । देवचुली नगरपालिकाले टोल विकास संस्थाका पदाधिकारीलाई अभिमुखीकरण गरेको छ । नगरपालिकाले वडा नं १६ र वडा नं १७ का टोल विकास सस्थाका पदाधिकारी एक दिने अभिमुखीकरण गरेको हो ।
नगरपालिकाको नगर प्रमुख हरि प्रसाद न्यौपानेको प्रमुख अतिथ्यतामा र वडा नं १६ का अध्यक्ष केशव राज गौतम र वडा नं १७ का अध्यक्ष गणेश शर्मा चालिसेको अध्यक्षतामा अभिमुखीकरण सम्पन्न भएको हो ।
।
उक्त कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन प्रसाद मरासिनीलेसंस्था पदाधिकारीहरूको काम कर्तव्य र अधिकार सम्बन्धी, विकास निर्मण कार्यमा महत्वपूर्ण भुमिका निर्वाह गर्न सक्नेबारे जानकारी दिएका थिए ।
कार्यक्रममा सहभागी भएका पदाधिकारीलाई धुर्व आचार्य रनारायण प्रसाद दवाडीले प्रशिक्षण दिएको नगरपालिकाले जनाएको छ ।