ललितपुर । ललितपुर महानगरपालिकाले नख्खु कारागारमा रहेका कैदीबन्दीहरुलाई सीप विकास तालिम दिन सुरु गरेको छ । कारागारमा रहेका कैदीबन्दीहरूमा सीप विकास गरेर उनीलाई आर्थिक रुप आत्मनिर्भरु बनाउन महानगरले तालिम दिन सुरु गरेको हो ।
महानगरले तालिमको सोमबार एक समारोहको बीच उद्घान गरेको छ। पहिलो चरणमा नख्खु कारागारमा रहेका बन्दी मध्ये ६० जनाले तालिम लिदैंछन् । उनीहरुलाई बेकरी, फर्निचर र इलेक्ट्रिकसम्बन्धी तालिम दिइनेछ । फर्निचरसम्बन्धी तालिम ३ महिना, बेकरीसम्बन्धी एक महिना र इलेक्ट्रिक तालिम तीन महिनाको हुने महानगरले जनाएको छ ।
महानगरप्रमुख चिरीबाबु महर्जनले नख्खु कारगारमा रहेका सबै कैदीबन्दीलाई चरणबद्ध रुपमा महानगरले तालिम दिने बताएका छन्।