सोलखुम्बु । नेचासल्यान गाउँपालिकाले घर, टहरा, पसल र कवल हटाउन अनुरोध गरेको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै सो अनुरोध गरेको हो ।
गाउँपालिकाको अनुसार वडा नम्बर ३ र श्री केदार माध्यमिक विद्यालयको स्वामित्वमा रहेको नेचाविहिबारे बजारमा गाउँ कार्यपालिकाको बैठक बमोजिम गाउँपालिकाको कार्यपालिका भवन निर्माण गर्नुपर्ने भएकोले सो क्षेत्रमा भएको घर, टहरा, पसल र कवल हटाउन अनुरोध गरेको हो ।
सूचना प्रकासित भएको ३५ दिनभित्र सो संरचना हटाउन अनुरोध गरिएको गाउँपालिकाले जनाएको छ । आआफ्नो संरचना आफैँले हटाउन अनुरोध गरिएको गाउँपालिकाले सो सूचनामा उल्लेख गरिएको छ ।