दाङ । दाङको सौडियारमा जेष्ठ नागरिक दिवा सेवा केन्द्र गठन गरिएको छ । घोराही उपमहानगरपालिकाको महिला बालबालिका तथा सामाजिक विकास शाखाको आयोजनामा घोराही ७ सौडियारमा केन्द्र गठन गरिएको हो ।
जेष्ठ नागरिकको भेलाबाट अम्मरराज डाँगीको संयोजकत्वमा ११ सदस्यीय केन्द्र गठन गरेको महानगरपालिकाले जनाएको छ ।
केन्द्रको सहसंयोजकमा ओम कुमारी गिरी, सचिवमा विष्णु पाण्डेय, सहसचिवमा राज बहादुर कुवर, सदस्यमा साईती चौधरी, लिला थापा, भोजन्या चौधरी, लालमणी न्यौपाने, महारानी चौधरी, बिजुली चौधरी र वेझलाल चौधरी रहेका छन् । भने केन्द्रको संरक्षकमा वडा अध्यक्ष खोपीराम चौधरी रहेका छन् ।