पाल्पा । रैनादेवी छहरा गाउँपालिकामा सरसफाई कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको आयोजनमा मंगलबार बिहान सार्वजनिक क्षेत्रमा सरसफाई गरिएको हो ।
लुम्बिनी प्रदेश स्थापना दिवसको अवसरमा सरसफाई कार्यक्रम सम्पन्न भएको गाउँपालिका अध्यक्ष रुकमाङ्गत भट्टराईले बताए । उनका अनुसार गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीको उपस्थितीमा सरसफाई कार्यक्रम भएको हो ।
गाउँपालिका कार्यालय परिसर तथा सार्वजनिक स्थानमा सरसफाई गरिएको उनले बताए ।