नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम)। सात पालिका रहेको नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) मा भूमि आयोगद्वारा हालसम्म दुई नगरपालिकामा मात्र नयाँ जग्गाको नापजाँच सुरु गरिएको छ ।
सुनवल र बर्दघाट नगरपालिकामा मात्र नयाँ जग्गाको नापजाँच सुरु गरिएको भूमि आयोगका जिल्ला अध्यक्ष देवराज भण्डारीले जानकारी दिए।
भूमि आयोगबाट आठ र जिल्ला नापी कार्यालयबाट पाँच जनाको अमिन टोली तथा विज्ञ सदस्यसहित नापजाँचको काम थालिएको हो । पहिलो चरणमा अव्यवस्थित सुकुम्बासीको र चरणबद्धरुपमा अन्य सबैको नापजाँच सुरु गरिएको भण्डारीले बताए।