close

भक्तपुर नगरपालिकाको तेह्रौं नगरसभा सुरु

भक्तपुर नगरपालिकाको तेह्रौं नगरसभा सुरु

Trulli
ADVERTISEMENT

भक्तपुर । भक्तपुर नगरपालिकाको तेह्रौं नगरसभा सुरु भएको छ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले ज एक समारोहबीच पानसमा दीप प्रज्ज्वलन गरी नगरसभाको उद्घाटन गरेको हो ।

 
नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नगरसभा नगरपालिकाको व्यवस्थापिका भएको बताए । सभाले संविधान र कानुनले दिएको अधिकार प्रयोग गरी नगरपालिकाको लागि आवश्यक ऐन कानुन, नीति नियम, निर्देशिका तथा कार्यविधिहरु तयार गर्दै आएको बताए।

उनले संघ र प्रदेश सरकारले स्थानीय तहलाई आफ्नो मातहतको निकाय जस्तो व्यवहार गर्नु स्वायत्तता र संविधानको भावना विपरीत भएको बताए

 
नगरपालिकाका उपप्रमुख रजनी जोशीले भक्तपुर नपाले नेमकिपाको घोषणापत्रअनुसार देश र जनतामा समर्पित भई काम गरिरहेको चर्चा गर्दै जनप्रतिनिधि र कर्मचारीको अथक प्रयासले नपाले आजको सफलता हासिल गरेको बताए ।