close

स्रोतमै वर्गीकरण गरेर फोहर सङ्कलन सुरु

स्रोतमै वर्गीकरण गरेर फोहर सङ्कलन सुरु

Trulli
ADVERTISEMENT

नवलपरासी । बर्दघाट नगरपालिकाले पहिलो पटक स्रोतमै वर्गीकरण गरेर फोहर सङ्कलन गर्ने कार्य थालनी गरेको छ । स्रोतमै फोहोर वर्गीकरण गरेर सङ्कलन गर्ने कार्यको थालनी गरिएको हो  । 
    
नगरपालिकाले ३० बुँदे कार्ययोजनाअन्तर्गत कुहिने नकुहिने र शिशाजन्य गरेर तीन प्रकारका फोहरलाई छुट्टाछुट्टै सङ्कलन गर्ने व्यवस्था मिलाइएको नगर प्रमुख शम्भुलाल श्रेष्ठले जानकारी दिनुभयो । 

  नगर क्षेत्रबाट उत्पादन हुने फोहरको स्रोतबाट नै वर्गीकरण गरेर उचित व्यवस्थापन गर्ने तयारी गरिरहँदा कोही कसैले आनाकानी तथा आलटाल गरे र अवरोध गरे तत्काल नगरबाट दिने सेवा बन्द गर्ने नगरपालिकाले जनाएको छ ।

    नेपालको संविधानले प्रदान गरेको स्थानीय तहको अधिकारलाई प्रयोग गर्दै फोहरमैला व्यवस्थापन कार्यान्वयनका लागि अभियान सुरु गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले बताए । 

    प्रचलित कानुनबमोजिम रु पाँच हजारदेखि रु एक लाखसम्म जरिवाना गर्नेगरी अभियानलाई अघि बढाइएको छ । यसैबीच बर्दघाट–४ को जङ्गल क्षेत्रमा ल्यान्डफिलसाइट समेत बनाउने गरी कार्य थालनी गरिएको नगरपालिकाले जनाएको छ ।

    नगर प्रमुख श्रेष्ठले नगरसभा र नगर कार्यपालिकाबाट नै नीतिगत निर्णय गरेर आवश्यक कार्यविधि तथा कानुन बनाएर फोहर वर्गीकरण अभियानमा लागेको बताए । नगरपालिकाले फोहर व्यवस्थापनलाई उच्च प्राथमिकतामा राख्दै आएको छ । फोहर सङ्कलनको जिम्मा पाएको बर्दघाट बजार विकास समितिले २२ टोलबाट सङ्कलन गरेको फोहर अहिले वर्गीकृत भएर प्रशोधन स्थलमा पुग्ने गरेपछि फोहरको चापसमेत घट्दै गएको छ ।