झापा । हल्दीवारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठलाई विदाई गरेको छ । गाउँपालिकाले शुक्रबार एक संक्षिप्त फेरि भेटौला कार्यक्रम बिच श्रेष्ठलाई बिदाई गरिएको हो ।
अधिकृत श्रेष्ठ गत भाद्र २ गते गाउँपालिकामा हाजिर हुन आएको जनाएको छ । करिब ५ महिना २० दिनको कार्य अवधी पूरा गरेका श्रेष्ठलाई गाउँपालिका जनप्रतिनिधि र कर्मचारीले विदाई गरेका हुन ।
उनी सो गाउँपालिकाबाट सरुवा मुख्यमन्त्रीको कार्यालय प्रदेस न १, बिराटनगर मा जाने गाउँपालिकाले जनाएको छ ।