सिन्धुली । हरिहरपुरगढी गाउँपालिका अध्यक्ष बज्र ध्वज वाइबासहितको टोलीले स्थलगत अनुगमन गरेका छन् । गाउँपालिका अध्यक्षसहितका टोलीले पालिकाभित्र सञ्चालनमा रहेका विभिन्न योजनाहरुको स्थलगत अनुगमन गरेको हो ।
गाउँपालिकाका अध्यक्ष वाइबाका अनुसार टोलीले विद्यालय, सडक निर्माण कार्यको अवस्थाबारे अनुगमन गरेको हो । उनले गाउँपादिकाको शैक्षिक गुणस्तर अभिबृद्धिका गरी आवासीय विद्यालय निर्माण गर्नको लागि वडा नम्बर ८ स्थित श्री क्यानेश्वर माविको अनुगमन गरेको बताए ।
उनले श्री कुन्तेश्वरी प्रावि क्यानभुताहा, श्री आधारभुत विधालय क्यानसिर बन्चरे,श्री ब्रह्मेश्वरी प्राथामिक विधालय क्यान केवनचुली लगायतको विद्यालयमै पुगेर भवन र शैक्षिक अवस्थाबारे जानकारी दिएको पालिकाखबरलाई बताए ।
यस्तै वडा नम्बर ७ को समग्र बाटोको अवस्थाबारे निर्माण क्षेत्रमा पुगेर जानकारी लिएका थिए । उनले आव २०७९/८० मा बजेट विनियोजन भई निर्माणधिन अवस्थामा रहेको वडा नं७ को पिपलचौर चुरे सडक खण्डको अवस्था बारे स्थलगत अनुगमन गरेका छन् ।
अनुगमनमा गाउँपालिका वडाध्यक्षका साथ प्रमुख प्रशासकिय अधिकृत दाताराम प्याकुरेल, वडाध्यक्ष, कार्यपालिका सदस्यको समेत सहभागिता रहेको जनाइएको छ ।