सल्यान । सिद्ध कुमाख गाउँसभाको १२ औं अधिवेशन सम्पन्न भएको छ । शनिबार एक कार्यक्रमको आयोजना गरी १२ औँ अधिवेशन सम्पन्न भएको हो ।
गाउँपालिकाको अनुसार गाउँसभाले आव २०७९/८० को बार्षिक वजेट तथा कार्यक्रममा समावेश भएको मध्ये १ करोड ४ लाख बराबरको बजेट संशोधन गरेको छ । साथै अर्थ सम्वन्धिको प्रस्तावलाई कार्यान्वयन गर्न वनेको आर्थिक ऐन, २०७९ को संशोधन गरेको छ ।
गाउँसभाबाट उपभोक्ता समितिको १० प्रतिशत जनश्रमदान कायम र सिद्ध कुमाख गाउँपालिकाको वृहत खानेपानी आयोजनाको विषयमा निर्णय गरेको जनाइएको छ।