close

बैङ्कबाट महानगरलाई राजस्व तिर्दा भौचर भर्नु नपर्ने

बैङ्कबाट महानगरलाई राजस्व तिर्दा भौचर भर्नु नपर्ने

Trulli
ADVERTISEMENT

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका राजस्व, सार्वजनिकनिर्माण र सहरी व्यवस्थापनविभागमा राजस्व, सेवाशुल्कतथा दस्तुर तिर्दा बैङ्क भौचर भर्नु नपर्ने भएको छ । 

यस प्रणालीको सबैभन्दा पहिला सेवाग्राही विभागको अकाउन्ट डेक्समा गएर विवरण दिनुपर्छ । यो विवरण सफ्टवेयरमा भरेपछि एउटा कोड सिर्जना हुन्छ । यसलाई प्रिन्ट गर्दा कोड, सेवाग्राहीनाम र तिर्नु पर्ने रकमको स्लिप आउँछ । यो स्लिप लिएर एनआइसी एशिया बैङ्कको काउन्टरमा लगेर दिनुपर्छ । 

बैङ्कका कर्मचारीले यो कोड सफ्टवेयरमा प्रविष्ट गराउँछन् । यसबाट उनीहरुलाई महानगरक ाकर्मचारीले भरेको विवरण प्राप्त हुन्छ । यही विवरणबाट भौचर तयार हुन्छ । यस भौचरमा सेवाग्राहीको फोन नम्बर र हस्ताक्षर बाहेक अरु कुनै पनि विवरण भर्नु पर्दैन । 

‘हातले भौचर भर्दा नाम गलत हुने, खाता नम्बर फरक पर्न सक्ने हुने गथ्र्यो । यो त्रुटी सच्याउन फेरि अर्को प्रक्रियामा समय खर्च गर्नुपथ्र्यो । अब यस्तो खालको समस्या हुँदैन ।’ राजस्व विभागका प्रमुख डा. शिवराज अधिकारी भन्छन्, ‘आँखाकमजोर भएर फारम भर्न नसक्ने, लेखपढ गर्न नसक्ने सेवाग्राहीलाई सेवालिन अप्ठ््यारो थियो । अब उहाँहरुले मौखिक विवरण दिए पुग्छ । सबै काम कर्मचारी र सफ्टवेयरबाट हुन्छ ।’ उनका अनुसार यो सेवा कार्यालयमै सेवा लिन आउने सेवाग्राहीका लागि हो । अनलाइन प्रणालीबाट भुक्तानी गर्नेले आफ्नै मोवाइलबाट सेवा लिन सक्नेछन् । 

महानगरको सफ्टवेयर र साझेदार वैङ्क एनआइसीएशियाको सफ्टवेयर एकीकृत गरेर वडा नम्बर छ बाट सेवा एकीकृत परीक्षण भइरहेको छ । माघ १० गतेदेखि सुरु गरिएको भुक्तानी प्रणालीमा १३ गतेसम्ममा ५० जनाले सेवा लिइसकेका छन्। 

यसबाट प्राप्त नतिजाका आधारमा सेवा विस्तार गर्दै लगिने योजना रहेको राजस्व विभागका प्रम्ख अधिकारीको भनाइ छ ।