close

माथेमालाई प्राणदण्ड दिइएको स्थानमा स्मृति सभा

माथेमालाई प्राणदण्ड दिइएको स्थानमा स्मृति सभा

Trulli
ADVERTISEMENT

काठमाडौं। सहिद धर्मभक्त माथेलमाले प्राणदण्ड पाएको ठाउँ सिफल उकालोमा आज स्मृति सभा सम्पन्न भएको छ ।

सहिद सप्ताहमूल समारोह समितिको आयोजनामा प्रजातन्त्र प्राप्तिका लागि धर्मभक्त माथेमाले अमरत्व प्राप्त गरेको दिन र स्थानमा स्मृति सभा गरिएको हो । 

सहिदको सालिकमा पुष्पगुच्छा अर्पण गर्दै काठमाडौँ महानगरकी उपप्रमुख सुनिता डंगोलले, माथेमाले प्रजातन्त्र प्राप्तिका लागि खेलेको भूमिका र सामाजिक रुपान्तरणमा पुर्याएको योगदानको चर्चा गरिन् । ‘माथेमामा राजनीतिक चेतना थियो । उहाँ शारीरिक सुगठन (व्यायाम) का प्रवर्धक हुनुहुन्थ्यो । राजालाई व्यायाम सिकाउने शिक्षक भएर पनि निरङ्कुस शासन विरुद्ध संघर्ष गर्ने उहाँको आँट यृवाहरुले सिक्नु पर्ने पाठ हो । स्मरण गर्नु पर्ने इतिहास हो । शासकसँगको सम्बन्धका कारण व्यक्तिगत रुपमा उहाँलाई सुख सुविधा सबै प्राप्त हुन सक्थ्यो । त्यो सुख सयल त्यागेर नागरिक स्वतन्त्रताका लागि ज्यान दिन तयार हुनुभयो । उहाँको बलीदानीका कारण आज हामी मनमा लागेका कुरा यहाँ उभिएर बोलिरहेका छौँ ।’

माथेमाको सम्मानमा महानगरले वडा २३ ओमबहालमापार्क बनाएको छ । महानगरको लगानीमा निर्माण हुने मानव सेवाआश्रम उनकै नामबाट बनाउने उपप्रमुख डंगोलको भनाई छ।