close

आइतबार सार्वजनिक विदा

आइतबार सार्वजनिक विदा

Trulli
ADVERTISEMENT


झापा । हल्दीबारी गाउँपालिकाले आइतबार स्थानीय सार्वजनिक विदा दिएको छ । गाउँपालिकाले स्थानीय संथाल जातीले मनाउने सोहराई पर्वको अवसरमा  सार्वजनिक विदा दिएको हो । 

गाउँपालिकाको अनुसार संथाल जातीको धर्म, संस्कृती, संस्कार र परम्पराको संरक्षण गर्ने उदेश्यले सार्वजनिक विदा दिन निर्णय गरेको हो । सो दिन गाउँपालिका अन्तर्गतका सार्वजनिक संस्था, विद्यालय वडा कार्यालय बन्द हुने जनाइएको छ । 

सोबाहेक अत्यावश्यक सेवा सञ्चालनमा आउने गाउँपालिकाले जनाएको छ ।