भोजपुुर । रामप्रसादराई गाउँपालिकाको एघारौैै गाउँ सभा सम्पन्न गरेको छ । एक समारोहमा गाउँपालिकाको सभाहलमा गाउँसभा सम्पन्न भएको हो ।
गाउँपालिकाको अध्यक्ष थाम बहादुर राईको अध्यक्षतामा सम्पन्न गाउँसभामा विभिन्न ऐन तथा कार्यसूची पारित गरेको जनाइएको छ । गाउँसभाबाट चालू आर्थिक वर्ष २०७९ र ०८० मा स्वीकृत कार्यक्रम तथा योजनाहरुको समीक्षा भएको अध्यक्ष राईले बताए । साथै बजेट तथा कार्यक्रममको संशोधन भएको उनले जानकारी दिए ।
उनका अनुसार गाउँसभाबाट गाउँ शिक्षा ऐन पारित भएको छ । बेरुजु समपरिक्षण, लिसाको नतिजा सम्बन्ध निर्णय भएको जनाएको छ । उनले गाउँसभामार्फत रोजगार सेवा केन्द्रमार्फत सञ्चालन गरिने आयोजनामा छलफल भएको जानकारी दिए ।
गाउँ कार्यपालिकाको असार ३२ गतेदेखि माघ ८ गतेसम्म बसेको बैठकले गरेको निर्णयलाई अनुमोदन गर्ने निर्णय भएको उनले जनाए ।
अध्यक्ष राइले निर्वाचित जनप्रतिनिधि जनताको सेवक भएकोले सोही अनुरुप काम गर्न अन्य निर्देशन दिएका थिए । जनताले मतले जिताएर पठाएकाले जनताको सेवामा तल्लीन हुन उनको आग्रह गरे ।