close

महानगरले हटायो ९ हजार अनधिकृत साइन बोर्ड

महानगरले हटायो ९ हजार अनधिकृत साइन बोर्ड

Trulli
ADVERTISEMENT

काठमाडौं। काठमाडौं महानगरपालिकाले अहिलेसम्म ९ हजार अनधिकृत साइन बोर्ड हटाएको छ । मापदण्ड रहेका तर शुल्क नबुझाएका र तोकिएको आकारभन्दा ठूलो साइजका वोर्ड तथा परिचय पाटी हटाएको हो ।

गएको असोज ७ गते मापदण्ड बमोजिम राख्न सकिने पाटीको आकार र त्यसमा लाग्ने वार्षिक शुल्कसमेत उल्लेख गर्दै महानगरले ३० दिने सार्वजनिक सूचना जारी गरेको थियो । सूचनामा मापदण्डमा आउन सक्ने बोर्डलाई दायरामा ल्याउन र मापदण्डभित्र नपर्ने बोर्ड आफैँ व्यवस्थापन गर्न व्यवसायीलाई अनुरोध गरिएको थियो । 

तोकिएको समय सकिएपछि कार्तिक २७ गतेबाट महानगरपालिकाले अनधिकृत बोर्ड तथा पाटी आफैले हटाउन थालेको थियो । यससँगै भित्तेलेखन, अनधिकृत पर्चा, पम्प्लेट र पोस्टर हटाउने महानगरपालिकाले जनाएको छ। 

महानगरको आर्थिक ऐन २०७९ बमोजिम ६ वर्ग फुटसम्मको परिचय पाटीको वार्षिक शुल्क ५ सय रुपैयाँ हो भने १५ वर्गफुटसम्मको शुल्क १ हजार ५ सय रुपैयाँ हो । १५ वर्ग फुटदेखि ३० वर्ग फुटसम्मका परिचय पाटीको प्रतिवर्ग फुट १ हजार रुपैयाँ थप शुल्क तिनुपर्छ।