close

तारकेश्वरमा निःशुल्क रगत वितरण हुने

तारकेश्वरमा निःशुल्क रगत वितरण हुने

Trulli
ADVERTISEMENT

काठमाडौँ । तारकेश्वर नगरपालिकाले निःशुल्क रगत वितरण गर्ने भएको छ । नगरपालिकाले नेपाल रेडक्रम सोसाइटीको सहयोगमा स्थानीय बासिन्दालाई निःशुल्क रुपमा रगत वितरण गर्न लागेको हो । 

 नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसञ्चार सेवाको संयुक्त पहलमा पालिकाभित्रका नागरिकहरूलाई उपचारको क्रममा आवश्यक पर्ने रगत तथा रक्ततत्व केन्द्रीय रक्तसञ्चार सेवा कालीमाटीबाट निःशुल्क उपलब्ध गराउने व्यवस्था गरेको जनाइएको छ ।

रगत लिनका लागि सम्बन्धित विरामीको नाममा अस्पतालबाट रगत मागको पुर्जी र तारकेश्वरको स्थानीय हो भन्ने प्रमाणित गर्ने प्रतिलिपि आवश्यक पर्ने नगरपालिकाले जनाएको छ  ।