कपिलवस्तु । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले सेवा प्रवाहमा टाइम कार्डा लागू गरिएको छ । कार्यालयले माघ ९ गतेदेखि लागू हुने गरी सेवा प्रवाहमा टाइम कार्ड लागू गरेको हो ।
सेवाग्राहीलाई दिने सेवा प्रवाहमा सरल र सहज बनाउनको लागि कार्यालयले टाइम कार्ड लागू गरिएको कार्यालयले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रका अनुसार कार्यालयबाट प्रवाह हुने सेवामा गुणस्तरीयता कायम गर्नको लागि टाइम कार्ड लागू गरिएको हो । सेवालाई थप प्रभावकारी व्यवस्थित र अनुमान योग्य बनाई सेवाग्राहीलाई यथासिघ्र सेवा गर्न टाइम कार्ड लागू गरिएको उनले पालिकाखबरलाई बताए ।
उनले कार्यालयले फाँट अनुसार टाइम कार्ड लागू गरिएको र सोही अनुरुप जनतालाई सेवा प्रवाह गर्ने जानकारी दिए । टाइम कार्ड लागू भएसँगै सेवाग्राहीको सेवा सुनिश्चित हुने उनको विश्वास छ ।