काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहहरुलाई वित्तीय स्थिति विश्लेषणका लागि मागेको तथ्यांक पठाउन ताकेता गरेको छ ।
मन्त्रालयले स्थानीय तहलाई आन्तरिक आय, बजेट तथा खर्च सम्बन्धी विवरण पठाउन ताकेता गरेको हो।
यसअघि गत ५ भदौमा सबै स्थानीय तहलाई भदौ मसान्तसम्म विवरण पठाउन भनेको थियो । तर हालसम्म पनि अधिकांश स्थानीय तहले विवरण नपठाएको भन्दै मन्त्रालयले पुन ताकेता गरेको हो।
मन्त्रालयले बिहीबार एक सूचना जारी गर्दै अब माघ मसान्तसम्म स्थानीय तहले विवरण पठाउन निर्देशन दिएकाे हाे।