खोटाङ । कोपिलासगढी गाउँपालिकाले ल्लो प्रशोधन तथा अल्लोको कपडा बुनाई सम्बन्धी सीप बिकास तालिम सञ्चालन गरेको छ । गाउँपालिका र घरेलु तथा साना उद्योगको आयोजनामा तालिम सञ्चालन भएको हो ।
गरिवी निवारणका लागी लघु उद्यम विकास कार्यक्रम मेड्पा अन्तर्गतको २०७९/०८० तर्फको बार्षिक कार्यक्रम अन्तर्गत रही सो तालिम सञ्चालन गरिएको हो ।
तालिम केपिलासगढी गाउँपालिका वडा नं. ०७ वडा कार्यालयमा सञ्चालन भइरहेको छ । तालिम ३ महिना सञ्चालन हुने पालिकाले जनाएको छ ।