close

तारकेश्वरमा व्यवसाय सचेतना तालिम

तारकेश्वरमा व्यवसाय सचेतना तालिम

Trulli
ADVERTISEMENT

काठमाडौँ । तारकेश्वर नगरपालिकाले लघु उद्यम विकास (मेडपा) कार्यक्रमको उद्यमशीलता विकासका लागि व्यवसाय सचेतना तालिम सञ्चलन गरेको छ । नगरपालिकाको आयोजनामा वडा नम्बर ९ र १० तालिम सञ्चालन गरेको हो । 

गरिवी निवारणका लागि नगरपालिकाले ८ दिने तालिम सञ्चालन गरेको जनाइएको छ । पहिचान अपनत्व र अधिकारः दिगो विकासको आधार भन्ने नारामा आधारित रही नगरपालिकाले तालिम सञ्चालन गरिएको जनाइएको छ । 

माघ ४ गतेदेखि सुरु भएको तालिममा ३८ जना स्थानीयहरुको सहभागिता रहेको नगरपालिकाले जनाएको छ ।