close

साझेदारीमा मासु पसल सुधार कार्यक्रम

साझेदारीमा मासु पसल सुधार कार्यक्रम

Trulli
ADVERTISEMENT

दोलखा । भीमेश्वर नगरपालिकाले मासु पसल सुधार कार्यक्रम सञ्चालन गर्ने भएको छ । नगरपालिकाले लागत साझेदारीमा मासु पसल सुधार कार्यक्रम सञ्चालन गर्न लागेको हो । 

नगरपालिकाको अनुसार चालू आर्थिक वर्षमा स्वीकृत कार्यक्रम अनुरुप सो कार्यक्रम सञ्चालन गर्न लागेको हो । कार्यक्रममा सहभागी हुन चाहने व्यक्ति तथा संस्थाले सूचना प्रकासित भएको पन्ध्र दिनभित्र आवेदन दिनु पर्ने नगरपालिकाले जनाएको छ । 

सो कार्यक्रमको लागि १४ लाख रुपैयाँ बजेट अनुमान गरिएको छ । सोमध्ये पालिकाले ५० प्रतिशत अनुदान दिने जनाइएको छ ।