close

पोखरा विमान दुर्घटनाको शोकमा साेमबार सार्वजनिक बिदा

पोखरा विमान दुर्घटनाको शोकमा साेमबार सार्वजनिक बिदा

Trulli
ADVERTISEMENT

काठमाडौं। पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनाको शोकमा सरकारले माघ २ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । 

आकस्मिक रूपमा बसेको मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयले दिवंगतहरूप्रति श्रदाञ्जली र निधन भएका व्यक्तिको परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै माघ २ गते शोक मनाउने र सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

बैठकले उक्त घटनाको कारण जाँच गर्नका लागि पाँच सदस्यीय जाँच समिति पनि गठन गरेको छ ।