close

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको प्रगति समीक्षा

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको प्रगति समीक्षा

Trulli
ADVERTISEMENT

बारा। प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन एकाई, बाराद्वारा स्थानीय तहमार्फत सञ्चालित पकेट विकास कार्यक्रमका समीक्षा गरिएको छ ।     

एकाईका प्रमुख हेमचन्द्र जयसवालले आर्थिक वर्ष २०७९/८० मा सञ्चालित विभिन्न परियोजनाको कार्यक्रमअन्तर्गत समूहगतरूपमा रहेका कृषकलाई ब्लक, पकेट, जोन र सुपरजोन कार्यक्रमका लागि ५० प्रतिशत प्रगतिअनुसार अनुदानस्वरुप रु सात करोड दुई लाख र पाकेटतर्फ रु चार करोड ३० लाख बजेट आएको बताए।

कृषि ज्ञान केन्द्रका बाली संरक्षण अधिकृत राजनारायणप्रसाद साहले स्थानीय तहका कृषि प्राविधिकहरुले कार्यक्रमलाई निरन्तरता दिन र कृषकहरुको समस्या समाधानका लागि अघि बढन आग्रह गरे। कार्यक्रममा सहभागी १६ स्थानीय तहका कृषि प्राविधिकलाई कार्यक्रम सञ्चालनमा परिआउने समस्या समाधान गरी निरन्तरता दिन उनले आग्रह गरे। कार्यक्रममा कृषि प्राविधिक तथा सञ्चारकर्मीहरुको सभागिता  थियो ।