ललितपुर । ललितपुर महानगरपालिकामा दास्रो नमुना बाल नगरसभा २०७९ सुरू भएको छ। समाज कल्याण महाशाखा, सामुदायिक विकास शाखाको आयोजनामा जवलाखेलस्थित सेन्ट जेभियर्स विद्यालयकाे सभाहलमा नगरसभा सुरु भएको हो ।
नगर सभा पुस २६ देखि २९ गतेसम्म सञ्चालन हुने जनाइएको छ । नगरसभामा पालिकाभित्रका ३२ वटै वडाका विभिन्न विद्यालय तथा बाल क्लबका बालबालिकाकाे सहभागिता छ । महाशाखाका प्रमुख बाबुराजा महर्जनले बालबालिकालाई भविष्यका जनप्रतिनिधि बनाउन सक्ने बनाउन सक्ने गरि क्षमता अभिवृद्धिका लागि नमुना बाल नगर सभा सञ्चालन गरिएको बताए।
नगरसभामा तीन दिन बालबालिकालाई सिकेकाे सीपलाई अन्तिम दिन प्रस्तुत गरिने महाशाखा प्रमुख महर्जनले बताए। उनका अनुसार नगरसभाको अन्तिम दिन महानगरका प्रमुख, उपप्रमुख समक्ष सहभागी बालबालिकाले नगर सभा सञ्चालन गर्ने छन् ।
उनले सभाका लागि वडा भेलामा बालबालिकाको सहभागीता हुनुपर्ने बताए। वडा भेलामा आफ्नो आवश्यकताको माग गर्न र जनप्रतिनिधिसँग सम्पर्कमा रहन बालबालिकालाई अनुरोध गरेका छन्।