close

सिद्वलेकमा आधारभूत सामुदायिक मेलमिलाप प्रशिक्षण

सिद्वलेकमा आधारभूत सामुदायिक मेलमिलाप प्रशिक्षण

Trulli
ADVERTISEMENT

धादिङ । सिद्वलेक गाउँपालिकामा आधारभूत सामुदायिक मेलमिलाप प्रशिक्षण दिएको छ । गाउँपालिकाको आयोजनामा सो तालिम सम्पन्न भएको हो । 

गाउँपालिकाको अनुसार तालिम सञ्चालनको लागि कानुन अन्वेषण तथा स्रोत विकास केन्द्रको प्राविधिक सहयोग गरेको छ । समुदायस्तरमा भएको भएको झै झगडा समाधान गर्नको लागि मेलमिलापसम्बन्धी तालिम दिएको हो । 

मेलमिलापकर्ताको सहयोगमा स्थानीयको समस्या समाधान गर्ने विश्वास पालिका अध्यक्ष परशुराम खतिवडाले व्यक्त गरे । उनले तालिम लिएका व्यक्तिलाई समुदाय समुदायमा खटाइने बताए ।  

तालिम पुष १८ गतेदेखि २४ गतेसम्म रिभर पार्क बिच रिसोर्टमा भएको उनले जनाए ।