close

हनुमानघाटस्थित लोकेश्वर महादेव मन्दिर शिलान्यास

हनुमानघाटस्थित लोकेश्वर महादेव मन्दिर शिलान्यास

Trulli
ADVERTISEMENT

भक्तपुर । भक्तपुर नगरपालिकाको वडा नम्बर ७ हनुमानघाटस्थित लोकेश्वर महादेव पुनःनिर्माण हुने भएको छ । महादेव मन्दिरको पुनर्निर्माणका लागि बुधबार नगरप्रमुख सुनील प्रजापतिले शिलान्यास गरेका छन्।

 कार्यक्रममा नगरप्रमुख प्रजापतिले मूर्त र अमूर्त सम्पदा संरक्षण गर्नको लागि प्राथमिकताका साथ अगाडि बढिरहेको बताए।

 हनुमानघाट परिसर यहाँका जनताको आस्थाको केन्द्रको रुपमा रहेको महत्वपूर्ण धार्मिक स्थल भएको उनले बताए । सो क्षेत्रको सुधारको लागि नियमित सरसफाइ, मठ मन्दिर पुनःनिर्माण, पुल निर्माण, सुधारिएको शवदाहगृह निर्माणलगायतका कार्य निरन्तर रुपमा सञ्चालन भइरहेको उनले सुनाए । 

उपभोक्ता समितिमाफर्त सो मन्दिरको पुनर्निर्माण गर्न लागिएको हो ।