close

शितलहरले धनौजीको शैक्षिक संस्था बन्द

शितलहरले धनौजीको शैक्षिक संस्था बन्द

Trulli
ADVERTISEMENT

धनुषा  । धनौजी गाउँपालिकाका शिक्षण संस्थाहरु आजदेखि बन्द हुने भएको छ । पछिल्लो समय गाउँपालिकामा शितलहरसँगै जाडो बढेकाले शैक्षिक संस्था बन्द गर्न लागेको हो । 

गाउँपालिकाको सूचना अनुसार पुष २० गतेदेखि २२ गतेसम्म शैक्षिक संस्था बन्द गर्न लागेको हो ।  शितलहरका कारण अत्याधिक चिसोले विद्यालयमा पठनपाठन कार्य गर्न असहज हुने भएकोले गाउँपालिकाले तीन दिन  सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्न लागेको हो । 

२३ गतेपछि पुन कक्षा सञ्चालन हुने गाउँपालिकाले जनाएको छ । सो विदा वर्षे विदामा कटौती हुने गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख अनिल कुमार साहूले बताए ।