भक्तपुर । भक्तपुर नगरपालिकाले वडा नम्बर १० स्थित बेखाल पोखरीको दक्षिण पश्चिमतर्फको फल्चा (पार्टी)को शिलान्यास गरेको हो । नगरप्रमुख सुनील प्रजापतिले आइतबार बिहान एक समारोहमा सो पार्टीको शिलान्यास गरेका हुन् ।
नगर प्रमुख प्रजापतिले पूर्खाहरुले सयौं वर्ष पहिले निर्माण गरी छाडेर गएका कला—संस्कृति र सम्पदाहरुलाई व्यवस्थित रुपमा संरक्षण र संवद्र्धन गर्ने कार्यलाई भक्तपुर नपाले प्राथमिकताका साथ अगाडि बढाउँदै आएको बताए ।
जनताको साथ र सहयोगमा पहिलो कार्यकालमा १२४ वटा सम्पदाहरू पुनःनिर्माण र जीर्णोद्धार सम्पन्न भइसकेको छ । उनले मौलिक प्रविधि, श्रोत र साधनको अधिकत्तम प्रयोग गरी कला–संस्कृति संरक्षणमा निरन्तर साथ दिने भक्तपुरवासी जनता धन्यवादका व्यक्त गरे ।
देशका विभिन्न क्षेत्रका सम्पदाहरु पुनःनिर्माणमा पनि भक्तपुरकै कालिगढहरुको खोजी हुने क्रम सुरु भएको बताए । उनले नगर क्षेत्रमा ठेकेदारी भन्दा उपभोक्ता समितिलाई जोड दिँदै आइरहेको बताए।