काठमाडौं । माओवादी केन्द्रका स्थानीय तह विभागका प्रमुख उर्मिला अर्यालले वडाबाटै कार्यसम्पादनको गुणस्तरीय बनाउनु पर्ने जोड दिइन् । राष्ट्रिय गाउँपालिका महासंघको तेस्रो महाधिवेशनमा पुगेकी उनले वडाबाटै जनतालाई गुणस्तरीय सेवा दिनुपर्ने बताइन् ।
उनका अनुसार वडाबाटै गुणस्तरीय सेवा विस्तार भएमा जनतालाई धेरै सहजको वातावरण सिर्जन हुन सक्छ ।
'राष्ट्रिय सभामा निर्वाचित सदस्य भएको नाताले स्थानीय तहको लागि चाहिएको सहयोग गर्नेछु', उनले भनिन्, 'जातिय विभेद र लैङ्गिक हिंसाको निवारण स्थानीय तहबाट गर्नुपर्छ। तर स्थानीय तहकै जनप्रतिनिधि कर्मचारी सरूवाको लागि दौडधुप गरेको छु।'
कोरोना महामारीको समयमा संघले केही व्यवस्था गर्न नसक्दा पनि स्थानीय तहले आइसोलेसन सञ्चालन गरी सीमापारीका नागरिकहरुको व्यवस्थापन गरेको उनले बताइन् ।
उनले पालिकाले पालिकास्तर, प्रदेश सरकारले प्रदेशस्तर र संघले केन्द्रीयस्तरको सडक बनाएमा मुलुकको विकासले फड्को मार्ने विश्वास व्यक्त गरे ।