close

मात्तिमबिर्तामा बस दुर्घटना हुँदा चार जना घाइते

मात्तिमबिर्तामा बस दुर्घटना हुँदा चार जना घाइते

Trulli
ADVERTISEMENT

खोटाङको साकेला गाउँपालिका–५ मात्तिमबिर्तामा आइतबार बिहान बस दुर्घटना हुँदा चार जना घाइते भएका छन् । मानेभञ्ज्याङबाट दिक्तेल जाँदै गरेको बा ३ ख १८९५ नम्बरको बस मात्तिमबिर्ताको कामीस्वारामा बिहान ८ बजेतिर पल्टिँदा चार जना घाइते भएका हुन् ।

साकेला गाउँपालिका–५ का वडाअध्यक्ष जीवन न्यौपानेका अनुसार दुर्घटनामा सल्यानको शारदा नगरपालिका घर भएका सहचालक मिलन मगर, साकेला गाउँपालिका–३ खिदिमाका २३ वर्षीय दीपेन्द्र तामाङ, ४५ वर्षीया कल्पना राई र ऐंसेलुखर्क गाउँपालिकाकी २८ वर्षीया इन्दिरा पुरी घाइते भएका हुन् ।

ब्रेक फेल भएर सडकमा बस पल्टिएको प्रहरी नायब उपरीक्षक मन्जिल मुकारुङले बताए । घाइतेहरुको अवस्था सामान्य रहेको डिएसपी मुकारुङले बताए । उनीहरुलाई घटनास्थलमा स्वास्थ्यकर्मी बोलाएर सामान्य उपचारपछि जिल्ला अस्पतालमा ल्याइएको छ ।

टाउको, कान, खुट्टामा सामान्य चोट लागेको डिएसपी मुकारुङले बताए । गाडीमा चालक सुदन विश्वकर्मासहित ६ जना सवार थिए ।