भक्तपुर । चाँगुनारायण नगरपालिकाले सामुदायिक कुकुरको बन्ध्याकरण र रेविज खोप शिविर सञ्चालन गर्दै आएको छ । नगरपालिकाले मंसिर १३ गतेदेखि सो शिविर सञ्चालनमा ल्याएको हो ।
नगरपालिकाको अनुसार शिविर मंसिर १९ गतेसम्म सञ्चालनमा रहनेछ । नगरपालिकाको वडा नम्बर ७ खरिपाटीस्थित पशु सेवा केन्द्रबाट बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म शिविर सञ्चालन भइरहेको छ ।
वडागत रुपमा फरक फरक दिनमा सेवा लिन सक्ने पालिकाले जनाएको छ । नगरपालिकाका अनुसार १३ गते वडा नम्बर १ र २, १४ गते ३, ४ र ५, १५ गते ६ र ८, १६ गते ८ र ७, १८ गते ७ र ९, १९ गते ४ र ५ लाई सेवा दिइने छ ।