सोलुखुम्बु । महाकुलुङ गाउँपालिका र सोताङ गाउँपालिका अधिकाश बासिन्दा अध्याँरोमा बस्न बाध्य भएका छन् । विगत पाँच दिनदेखि दुई गाउँपालिकाको विजुलीमा समस्या देखिएपनि अन्धकारमा बस्न बाध्य भएका हुन् ।
हाल सो क्षेत्रका करिब एक हजार एक सय घरधृुरी अन्धकारमा बस्न बाध्य भएको सोताङ गाउँपालिकाले जनाएको छ ।
महाकुलुङ गाउँपालिका–५ चाचालुङस्थित बुदुमखोला लघुजलविद्युत् आयोजनाको मेसिनमा खराबी आएसँगै सो क्षेत्र बिजुलीबिहीन भएको पालिकाले जनाएको छ।
महाकुलुङको वडा नं ४ र ५ तथा सोताङ गाउँपालिकाको ५ नाम्लुङ क्षेत्रमा बुदुमखोला लघुजलविद्युत् आयोजनाबाट विद्युत् सेवा उपलब्ध हुँदै आएको थियो । एक सय किलोवाट क्षमताको उक्त योजना अवरुद्ध भएसँगै सो क्षेत्रका बासिन्दा टुकीको भरमा बस्न बाध्य छन् ।
रेडियो तथा मोबाइल चार्ज गर्न नपाउँदा सञ्चार सेवाबाट समेत बञ्चित भएको स्थानीय मनुहाङ किराँतीले बताउँछन्।