काठमाडौं । काठमाडौं महानगरपालिकाले नगरप्रहरीलाई शसक्त बनाउने भएको छ । महानगर प्रहरी बलले महानगरमा कार्यरत नगरप्रहरी बललाई शसक्त बनाउन लागेको हो ।
थापाथलीस्थित सुकम्बासी बस्ती खाली गराउन सोमबार पुगेका प्रहरी बलमाथि ढुंगामुढा भएको थियो । सो घटनाबाट ३६ जना प्रहरी घाइत भएका थिए । सो घटना पुनः नदोहाेरिनको लागि प्रहरी बललाई थप शसक्त बनाउन लागेको महानगरपालिकाले जनाएको छ ।
महानगर प्रहरी वलका प्रमुख प्रहरी उपरीक्षक राजुनाथ पाण्डे महानगरपालिकाको योजना अनुरुप काम गर्न नगरप्रहरीलाई निर्देशन दिएको छ । त्यसको लागि आवश्यक सुरक्षाको सामग्रीहरुको व्यवस्था गरेको उनले बताए ।