close

समानुपातिकमा २६ लाख मत सहित एमाले पहिलो, कसले कति मत पाए (विवरण सहित)

समानुपातिकमा २६ लाख मत सहित एमाले पहिलो, कसले कति मत पाए (विवरण सहित)

Trulli
ADVERTISEMENT

काठमाडाैं । प्रतिनिधिसभा र प्रदेशसभाको यही मङ्सिर ४ गते सम्पन्न निर्वाचन अन्तर्गत समानुपातिक तर्फको मतगणना जारी छ । निर्वाचन आयोगका अनुसार हालसम्म कूल ९६ लाख ७० हजार ८ सय ३३ को मतगणना भएको छ ।

मध्यान्ह १२ बजेसम्मको गणना अनुसार नेकपा (एमाले)ले २६ लाख ७ हजार चार सय ७२ मत प्राप्त गरेको छ । यस्तै, नेपाली कांग्रेसले २४ लाख ७० हजार २ सय ३७ मत प्राप्त गरेको छ ।

नेकपा (माओवादी केन्द्र)ले ११ लाख ९ हजार ७ सय ९९ मत प्राप्त गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ७९ हजार ९४ मत प्राप्त गरेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ५४ हजार ७ सय ५७ , जनता समाजवादी पार्टीले तीन लाख ६७ हजार ७ सय ७३ मत प्राप्त गरेको छ । आयोगका अनुसार जनमत पार्टीले तीन लाख १६ हजार छ सय ५३ मत, नेकपा (एकीकृत समाजवादी)ले दुई लाख ६८ हजार ४ सय ७९ मत प्राप्त गरेको छ ।

नागरिक उन्मुक्ति पार्टीले दुई लाख ४५ हजार ५ सय ६१, लोकतान्त्रिक समाजवादी पार्टीले एक लाख ३८ हजार ६सय ९८ मत , नेपाल मजदूर किसान पार्टीले ७३ हजार २ सय ४३ , हाम्रो नेपाली पार्टीले ५३ हजार तीन सय ६५ , मङ्गोल नेशनल अर्गनाइजेशनले ४६ हजार ९ सय १० मत  र राष्ट्रिय जनमोर्चाले ४५ हजार तीन सय पचास मत प्राप्त गरेका छन् ।

प्रतिनिधिसभामा राष्ट्रिय दलको मान्यता प्राप्त गर्नका लागि प्रत्यक्षतर्फ कम्तीमा एक सिट जित्नुपर्छ भने समानुपातिकमा तीन प्रतिशत मत प्राप्त गर्नुपर्छ । कुल खसेको सदर मतको तीन प्रतिशत थ्रेस होल्ड कटाएपछि राष्ट्रिय दलको मान्यता तथा सेवा सुविधा प्राप्त हुन्छ ।