close

मुलुक अनुसार शहर निर्माण गर्नुपर्ने जोड

मुलुक अनुसार शहर निर्माण गर्नुपर्ने जोड

Trulli
ADVERTISEMENT

काठमाडौं। भक्तपुर नगरपालिकाका नगरप्रमुख सुनील प्रजापतिले मौलिक शैलीमा भवन निर्माण भएकालाई फरक पहिचान दिनुपर्ने बताएक छन् ।  नेपाल सरकार सहरी विकास मन्त्रालयको आयोजनामा विश्व सहर दिवस २०७९ र विश्व सहरी योजना दिवस २०७९ को अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा सहभागी भएका नगरप्रमुख प्रजापतिले सो बताएका हुन् ।
 
 नगर प्रमुख प्रजापतिले नयाँ शहरहरू निर्माण गर्दा देशको सन्तुलित विकासलाई पनि ध्यानमा राख्नु आवश्यक रहेको औंल्याए । 

 बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाले गाउँलाई सहर र गरिबलाई धनी बनाउने बागमती नपाको मुख्य लक्ष्य रहेको बताए । उनले पालिकालेले गरिबी निवारण, सीपमूलक तालिम सञ्चालन, व्यवसायिक र यान्त्रीकरण कृषिमा जोड, सहकारीमा आधारित साझेदारी, सुकुम्बासी व्यवस्थापन, सुत्केरी स्याहार पोषण भत्ताको व्यवस्था, नगरस्तरीय १५ शैय्याको अस्पताल निर्माणलगायतका योजनाहरु सञ्चालनमा रहेको बताए ।

राष्ट्रिय योजना आयोगका माननीय सदस्य प्रा.डा. सुरेन्द्र लाभ कर्णले अधिकांश जनता ग्रामीण क्षेत्रमा बसोबास गर्ने देशमा ६२ प्रतिशत जनता नगरपालिकामा पर्ने गरी नगर घोषणाले योजना आयोगलाई काम गर्न समस्या  भएको बताए ।