close

दोलखामा मंसिर १५ गते पुनः निर्वाचन हुने

दोलखामा मंसिर १५ गते पुनः निर्वाचन हुने

Trulli
ADVERTISEMENT

दोलखा । दोलखाको मतदान केन्द्रहरुम मंसिर १५ गते पुनः निर्वाचन हुने भएको छ । गत मंसिर ४ गते भएको मतदान रद्द भएसँगै दोलखामा पुनः मतदान हुन लागेको हो । 

जिल्ला निर्वाचन व्यवस्थापन समितिको आज बसेको बैठकले पुनःमतदान गर्ने निर्णय भएको जनाएको छ। 

निर्वाचन आयोगले  दोलखाका १० वटा केन्द्रको निर्वाचन धाँदली भएको निष्कर्ष निकालेको थियो । सोही अनुरुप ती केन्द्रहरुमा पुनः मतदान गराउन लागिएको हो ।

सो क्षेत्रमा बुथ क्याप्चर भएको भन्दै आयोगमा उजुरी परेको थियो । सो विषयमा स्थालगत अध्ययनको लागि दोलखा पुगेका आयोगको टोलीले धाँधली भएको निष्र्कष निकालेको थियो ।

मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार निर्वाचनको लागि आजैदेखि तयारी थालिने छ ।  निर्वाचनको पूर्वतयारीसमेत गर्नुपर्ने भएकाले मंसिर १५ गते पुनः मतदान गराउने निर्णय भएको उनले बताए  ।