close

तालिमका लागि प्रतिनिधि पठाउन कटारी सरकारको पत्राचार

तालिमका लागि प्रतिनिधि पठाउन कटारी सरकारको पत्राचार

Trulli
ADVERTISEMENT

उदयपुर । कटारी नगरपालिकाले मेलमिलाप तालिमका लागि प्रतिनिधि पठाउन वडा कार्यालयलाई  पत्राचार गरेको छ । नगरपालिकाले आइतबार एक सूचना जारी गर्दै प्रतिनिधि पठाउन वडा कार्यलयलाई पत्राचार गरेको हो । 

सूचना अनुसार नगरपालिका अन्तर्गतको न्यायिक समितिको कामलाई थप प्रभावकारी बनाउनका लागि वडा स्तरमा भएका विवाद वडास्तरमै मेलमिलाप गराउन मेलमिलापसम्बन्धी आधारभूत् तालिम गराउनु पर्ने छ । 

सोका लागि योग्यता पुगेकाले मंसिर २० गतेभित्र सहभागी छनौट पठाउन पालिकाले अनुरोध गरेको हो ।