close

गुल्मी–१ मा प्रदीप ज्ञवालीलाई हराउँदै भण्डारी विजयी

गुल्मी–१ मा प्रदीप ज्ञवालीलाई हराउँदै भण्डारी विजयी

Trulli
ADVERTISEMENT

काठमाडाैं । गुल्मीको क्षेत्र नं १ मा नेपाली कांग्रेसका डा चन्द्र भण्डारी विजयी भएका छन् । नेकपा (एमाले)का प्रदीप ज्ञवालीलाई एक हजार ५९२ मतले पछि पार्दै उनी  विजयी भएका हुन् ।  

यस क्षेत्रमा कूल ६९ हजार छ सय ८३ मत खसेकामा कांग्रेसका भण्डारीले ३३ हजार सात सय ४४ मत पाउँदा भने निकटतम प्रतिस्पर्धी ज्ञवालीले ३२ हजार एक सय ५२ मत पाएका हुन् । 

आज दिउँसो १ बजे सकिएको मतगणनापछि भण्डारीको विजयी घोषणा गरिएको निर्वाचन अधिकृत वसन्तराज पौडेलले बताए । यहाँ कूल एक लाख १९ हजार दुई सय ८८ मतदाता थिए । 

यो विजयसँगेै कांग्रेसका भण्डारी दुई पटक सांसद बनेका छद्द् । उनले २०७० मा पनि यसै क्षेत्रमा जीत हात पारेका थिए। २०६४ देखि सँगसँगै निर्वाचन लडेका ज्ञवाली र भण्डारीले दुई–दुई पटक चुनाव जितेका छन्  । विसं २०६४ र ७४ मा भने यस क्षेत्रबाट ज्ञवाली विजयी भएका  थिए ।