उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का विनोद ढकाललाइ करिब छ हजार मतान्तरले पछि पार्दै उनी निर्वाचित भएका हुन् । एमालेका ढकाल २४ हजार चार सय ६३ मत प्राप्त गरेका छन् ।
त्यसैगरी गत आइबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको पछिल्लो मतपरिणामअनुसार मोरङ ४ (२)बाट नेपाली कांग्रेसका भीम पराजुली ११ हजार चार सय ७९ मत प्राप्त गरी विजयी भएका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का जीवन घिमिरे नौ हजार छ सय ९१ मत प्राप्त गरेको निर्वाचन अधिकृत मणिराम पोखरेलले जानकारी दिए।