झापा । झापा क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा सदस्यमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन निर्वाचित भएका छन् ।
नेपाली काँग्रेसका कृष्ण सिटौलालाई तीन हजार २७६ मतले पछि पार्दै सो क्षेत्रबाट लिङदेन निर्वाचित भएका हुन् ।
राप्रपाका लिङ्देनले ४० हजार ६४८ मत ल्याउँदा कांग्रेस नेता सिटौलाले ३७ हजार ३७२ मत ल्याएका थिए।
लिङ्देनलाई नेकपा एमालेको साथ थियो भने सिटौलालाई सत्ता गठबन्धनका दलहरुको साथ थियो ।