close

कास्कीमा विद्याको दोस्रो जित

कास्कीमा विद्याको दोस्रो जित

Trulli
ADVERTISEMENT

काठमाडौं । नेकपा एमालेका विद्या भट्टराई दोस्रोपटक कास्की क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छिन् ।

भट्टराईका श्रीमान् तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि पार्टीले उनलाई उपनिर्वाचनमा उम्मेदवार बनाएको थियो । उनी उपनिर्वाचनमा पनि विजयी भएकी थिइन् । 

 त्रिभुवन विश्वविद्यालयको उप–प्राध्यापकबाट राजीनामा दिएर शोकलाई शक्तिमा बदल्ने अठोटका साथ चुनावमा होमिएकी भट्टराईं उक्त उपनिर्वाचनमा विजयी भएकी हुन् ।  

आसन्न निर्वाचनमा पनि उनका अगाडि चुनौती नभएको होइन । एकातर्फ सत्ता गठबन्धनका विपक्षमा लड्नुपर्ने र अर्कातर्फ स्वतन्त्र उम्मेदवारको बढ्दो मतको चुनौती उनको अगाडि थियो । तर पनि आफ्ना निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेलको भन्दा चार हजार पाँच सय बढी मतान्तरले उनी विजयी भइन् ।  

उनको शान्त स्वभावले विपक्षीहरुको पनि मन जित्न सकेको उनका नजिकका राजनीतिकर्मीहरु बताउँछन् । किशोरावस्थाबाटै आफूलाई परिवर्तनको पक्षमा उभ्याउन सफल उनले स्वर्गीय रवीन्द्र अधिकारीका अधुरा सपना पूरा गर्ने अठोटमा छन् । 

अनेरास्ववियुको केन्द्रीय कमिटी सचिव, महिला, बुद्धिजीवी हुँदै पार्टीको केन्द्रीय विभागमा रहेर उनले काम गरेकी छिन् । उनी हाल नेकपा एमालेको केन्द्रीय सदस्य छिन् ।