काठमाडाैं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा हालसम्म ७४ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक भईसकेको छ । जस अनुसार नेपाली काँग्रेसले २५ सिटमा जित हासिल गर्दै पहिलो र नेकपा एमालेले १५ स्थानमा जित हासिल गर्दै दोस्रो पार्टी बनिरहेको छ ।
त्यसै गरी ७ स्थानमा जित्दै नेकपा माओवादी केन्द्र तेस्रो, ६ स्थानमा जित हात पार्दै नेकपा एकीकृत समाजवादी चौथो र ५ स्थानमा जित हात पार्दै राष्ट्रिय स्वतन्त्र पार्टी पाँचौ स्थानमा छ । त्यसरी नै राष्ट्रिय प्रजातन्त्र पार्टी २ स्थान, जनता समाजवादी पार्टी, जनमत पार्टी, नेपाल मजदुर किसान पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र स्वतन्त्रले एक–एक सिटमा जित हात पारेका छन् ।
अहिलेसम्म जित्ने प्रतिनिधि सभा उम्मेदवारहरू–
कांग्रेस–
१) काठमाडौं–१: प्रकाशमान सिंह
२) काठमाडौं–३: सन्तोष चालिसे
३) काठमाडौं–४: गगन थापा
४) काठमाडौं–५:प्रदीप पौडेल
५) काठमाडौं–१०: राजन केसी
६) मनाङ– टेकबहादुर गुरूङ
७) मुस्ताङ– योगेश गौचन
८) तनहुँ–२:शंकर भण्डारी
९) सुर्खेत–२: हृदयराम थानी
१०) ललितपुर–१: उदयशमशेर राणा
११) पर्सा–४: रमेश रिजाल
१२) डडेल्धुरा: शेरबहादुर देउवा
१३) रसुवाः मोहन आचार्य
१४) ओखलढुंगाः रामहरि खतिवडा
१५) झापा–१: विश्वप्रकाश शर्मा
१६) पर्सा–२: अजयकुमार चौरसिया
१७) अछाम–२: पुष्प शाह
१८) कञ्चनपुर–३: रमेश लेखक
१९) दार्चुला: दिलेन्द्रप्रसाद बडू
२०) कैलाली–४: वीरबहादुर बलायर
२१) गोरखा–१: राजेन्द्र बजगाइँ
२२) म्याग्दी: खमबहादुर गर्बुजा
२३) कञ्चनपुर–२: एनपी साउद
२४) भक्तपुर–२: दुर्लभ थापा क्षत्री
२५) दैलेख–२: दिक्पालकुमार शाही
एमाले–
१) ललितपुर–२: प्रेमबहादुर महर्जन
२) काठमाडौं–९: कृष्णगोपाल श्रेष्ठ
३) उदयपुर–२: डम्बरबहादुर रायमाझी
४) गुल्मी–२: गोकर्ण बिष्ट
५) ताप्लेजुङ: योगेश भट्टराई
६) झापा–५: केपी शर्माओली
७) झापा–२: देवराज घिमिरे
८) पर्सा–३: राजकुमार गुप्ता
९) अर्घाखाँची: टोपबहादुर रायमाझी
१०) प्यूठान: सूर्य थापा
११) लमजुङ: पृथ्वीसुब्बा गुरूङ
१२) मकवानपुर–२: महेशकुमार बर्तौला
१३) कास्की–२: विद्या भट्टराई
१४) रूपन्देही–५: वासुदेव घिमिरे
१५) पर्वत: पदम गिरी
माओवादी– १) सिन्धुली–२: लेखनाथ दाहाल
२) रूकुम पूर्व: पूर्णबहादुर घर्ती
३) बाग्लुङ–२: देवेन्द्रराज पौडेल
४) सिन्धुपाल्चोक–१: माधव सापकोटा ’सुबोध’
५) रोल्पा: वर्षमान पुन
६) जाजरकोट: शक्ति बस्नेत
७) गोरखा–२: पुष्पकमल दाहाल ’प्रचण्ड’
नेकपा (एकीकृत समाजवादी)–
१) अछाम–१: शेरबहादुर कुँवर
२) बारा–४: कृष्णकुमार श्रेष्ठ ’किसान’
३) बझाङ: भानुभक्त जोशी
४) डोटी: प्रेम आले
५) दैलेख–१: अम्मरबहादुर थापा
६) सल्यान– प्रकाश ज्वाला
राष्ट्रिय स्वतन्त्र पार्टी–
१) काठमाडौं–८: विराजभक्त श्रेष्ठ
२) काठमाडौं–२ : सोविता गौतम
३) काठमाडौं–७: गणेश पराजुली
४) काठमाडौं–६: शिशिर खनाल
५) चितवन–२: रवि लामिछाने
राष्ट्रिय प्रजातन्त्र पार्टी–
१) बाँके–२: धवलशमशेर राणा
२) जुम्ला: ज्ञानेन्द्र शाही
नागरिक उन्मुक्ति पार्टी–
१) कैलाली–३: गंगाराम चौधरी
२) कैलाली–१: रञ्जिता श्रेष्ठ
जनमत पार्टी–
१) सप्तरी–२: डा सिके राउत
जनता समाजवादी पार्टी (जसपा)–
१) पर्सा–१: प्रदीप यादव
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)
१) रूपन्देही–४: सर्वेन्द्रनाथ शुक्ला
२) सर्लाही–१: रामप्रकाश चौधरी
राष्ट्रिय जनमोर्चा–१) बाग्लुङ–१: चित्रबहादुर केसी
नेपाल मजदुर किसान पार्टी– १) भक्तपुर–१: प्रेम सुवाल
स्वतन्त्र– १) बर्दिया–२: लालवीर चौधरी (रेशम चौधरीका पिता)