कैलाली । कैलाली–१ मा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठको जित सुनिश्चित भएको छ ।
रञ्जिताले हालसम्म २६ हजार १५५ मत पाइसकेका छन् । उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका रामजनम चौधरीले १५ हजार ७१८ र एमालेका तपेन्द्र बहादुर रावलले ५ हजार २३९ मत ल्याएका छन् ।
८ हजार ६११ मत गन्न बाँकी छ । रञ्जिता र रामजनमबिच १० हजार ४३७ मतान्तर छ ।