close

उपेन्द्र यादवलाई १७ हजारको मतान्तरले हराउँदै सिके राउत विजयी

उपेन्द्र यादवलाई १७ हजारको मतान्तरले हराउँदै सिके राउत विजयी

Trulli
ADVERTISEMENT

काठमाडाैं । जनमत पार्टीका अध्यक्ष सिके राउत जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई फराकिलो मतान्तरले हराउँदै प्रतिनिधिसभामा पुगेका छन् ।

सप्तरी क्षेत्र नम्बर २ बाट जनमत पार्टीका अध्यक्ष सिके राउत प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन् । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई पराजित गर्दै राउत प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन्।

यादवलाई झण्डै १७ हजारको मतान्तरले पराजित गर्दै राउत विजयी भएका हुन् । राउतले ३४ हजार ४२ मत ल्याए। उनका प्रतिस्पर्धी यादवले १७ हजार ६३ मत ल्याएका छन्। दुवै बीच १७ हजार ९७९ मतको अन्तर रह्यो ।

प्रारम्भीक मतगणनादेखि नै अग्रपंक्तिमा रहेका राउतले सत्ता गठबन्धनका ठाकुर र एमाले–जसपा राप्रपा गठबन्धनका यादवलाई पराजित गर्दै प्रतिनिधिसभामा आफ्नो स्थान सुरक्षित बनाएका हुन् ।

सप्तरी २ मा सत्ता गठबन्धनको समेत समर्थन रहेका लोकतान्त्रिक समाजवादी पार्टीका जयप्रकाश ठाकुर ७ हजार ३४४ मतमा सीमित रहे ।

राष्ट्रिय राजनीतिमा बिगत ५ बर्षदेखि खेलाडीका रुपमा रहँदै आएका यादवले अन्तिम समयमा सत्तारुढ गठबन्धन छोडेर नेकपा एमालेको गठबन्धनसँग सहकार्य गरेका थिए । मधेश केन्द्रित दुई दलका दुई अध्यक्षबिच भएको यस प्रतिष्पर्धालाई निकै चासोका साथ हेरिएको थियो ।